आज मेघ गर्जनसहित वर्षा र हावाहुरीको सम्भावना



काठमाडौं । सोमबार दिउँसो देशका पूर्वी, मध्य तथा पश्चिमी पहाडी क्षेत्रहरुमा सामान्य बदली रहने र बाँकी भागमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सोमबार दिउँसो पूर्व, मध्य र पश्चिमका केही स्थानहरुमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना छ । सोमबार राति पूर्वी भू–भाग लगाएत मध्य र पश्चिमी पहाडी भु–भागका सामान्य बदली रही बाँकि भु–भागमा आंशिक बदली हुने महाशाखाले जानकारी दिएको छ । त्यस्तै पूर्व, मध्य र पश्चिमी पहाडी भू–भागका एक दुइ स्थानमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना छ ।

त्यस्तै मंगलबार दिउँसो पनि मुलुकभर आंशिकदेखि सामान्य बदली हुने तथा केही स्थानमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । मंगलबार राति पूर्वी भू–भागलगाएत मध्य र पश्चिमीका पहाडी भू–भागमा सामान्य बदली रही बाँकि भू–भागमा आंशिक बदली हुनेछ । मंगलबार पूर्वका केही र मध्य तथा पश्चिमका एक दुइ स्थानमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

असार २ गते (सोमबार)

दिउँसोस् देशका पुर्वि भु-भागका लगाएत मध्य र पश्चिमीका पहाडी भु-भागका सामान्य बदली रही बाँकि भु-भागमा आंसिक बदलि भइ पुर्वका केहि स्थानहरुमा र मध्य र पश्चिमीका थोरै स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

रातिस् देशका पुर्वि भु-भागका लगाएत मध्य र पश्चिमीका पहाडी भु-भागका सामान्य बदली रही बाँकि भु-भागमा आंसिक बदलि भइ पुर्वका केहि स्थानहरुमा र मध्य र पश्चिमका पहाडी भु(भागमा एक दुइ स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

असार ३ गते (मंगलबार)

दिउँसोस् देशभर आंशिक देखि सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

रातिस् देशका पुर्वि भु-भागका लगाएत मध्य र पश्चिमीका पहाडी भु-भागका सामान्य बदली रही बाँकि भु-भागमा आंसिक बदलि भइ पुर्वका केहि स्थानहरुमा र मध्य र पश्चिमका एक दुइ स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

असार ४ गते (बुधबार)

दिउँसोस् देशभर सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

रातिस् देशभर सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस्