आज हावाहुरी सहित वर्षा हुने, सचेत रहन आग्रह


काठमाडौं। आज (आइतबार) देशको पुर्वी तथा पश्चिमी भु–भागमा सामान्य बदली रहि मध्य भु–भागमा आंशिकदेखि सामान्य बदलि रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पूर्वी तथा पश्चिमी भु–भागका केही स्थानहरुमा र मध्य भु–भागका थोरै स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

त्यस्तै रातिको समयमा देशको पुर्वी भु–भागमा सामान्य बदली रहि मध्य तथा पश्चिमी भु–भागमा आंशिकदेखि सामान्य बदलि रहनेछ। पूर्वी तथा मध्य भु–भागका थोरै स्थानहरुमा र पश्चिमी भु–भागका एक वा दुई स्थानमा मेघगर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।