सम्राट सिमेन्ट उद्योगकाे निर्माणाधिन नयाँ प्लान्ट भत्किदा ३ मजदुरकाे मृत्यु, ३ घाइते



नरेन्द्र केसी,दाङ, दाङमा सिमेन्ट उद्योगकाे नयाँ प्लान्ट निर्माणकाे क्रममा ढलाइ भत्कदा तीन जना मजदुरकाे मृत्यु भएको छ ।

लमही नगरपालिका वडा नम्बर ७ स्थित सम्राट सिमेन्ट उद्योगकाे नयाँ प्लान निर्माणकाे क्रममा ६ तल्ला माथिकाे सट्रिङ्ग भत्किदा भारतिय मजदुरकाे मृत्यु भएको हाे ।

घटनामा परी तीन मजदुर घाइते भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहले बताए ।

मृत्यु हुनेमा भारत झारखण्ड निवासी ४५ बर्षिप मंगल कस्यव, २२ बर्षिय दयाल हरेन, ४६ बर्षिय साहेव रहेका छन । घटनामा परी अजय हेरेन, दिपेन बाेडाेलइ, नरेन बाेडलइ घाइते भएका छन ।

जस मध्य अजय हेरेन र नरेन बाेडाेलाई थप उपचारको लागि बुटवल लगिएको छ । घाइतेहरुकाे फलाेरेन्स अस्पताल लमहीमा प्रारम्भिक उपचार गरिएको थियाे । घटना राति २ बजे भएको बुझिएको छ ।

घटनाकाे अनुसन्धान भैरहेकाे प्रहरीले बताएकाे छ ।

प्रतिक्रिया दिनुहोस्