युनाइटेड र चेल्सी भिड्ने



लन्डन, (एजेन्सी)
इंग्लिस प्रिमियर लिग २०१९÷२० सिजनको खेल तालिका अनुसार चिरपरिचित प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेड र चेल्सी पहिलो सातामै आमनेसामने हुने भएको छ ।

बुधबार राति सार्वजनिक भएको तालिकाअनुसार साविक विजेता म्यानचेस्टर सिटीले उपाधि रक्षा गर्ने सिलसिला वेस्टह्याम युनाइटेडको मैदानबाट सुरु गर्नेछ । गत सिजनको उपविजेता लिभरपुलले सिजनको पहिलो खेलमा नर्विचको सामना गर्नेछ ।

त्यस्तै च्याम्पियन्स लिग गुमाएको आर्सेनलले न्युक्यासल युनाइटेडसँग खेल्नेछ । यसै सिजन बढुवा भएको एस्टन भिल्लाले च्याम्पियन्स लिगको उपविजेता टोटेनह्याम हट्स्परको सामना गर्दैछ ।

बढुवा भएको अर्को टोली सेफिल्ड युनाइटेडले बर्नमाउथसँग खेल्नेछ । गत सिजन पनि पहिलो खेल खेलेका वाट्फर्ड र ब्राइटन यस सिजन पनि आमनेसामने हुँदैछन् । बर्नली र साउथह्याम्पटन आमनेसामने हुँदैछन् । क्रिस्टल प्यालेस र एभर्टन भिड्दा वुल्भ्स र लेस्टरको प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्