उप मेयरकप भलिबल सुरु



राजेन्द्र गजुरेल, नुवाकोट
महिला खेलाडि लाई प्रोत्साहन स्वरुप नुवाकोट जिल्लामा नै पहिलो पटक उप मेयरकप राष्ट्रिय भलिबल प्रतियोगिता बिहिबार बाट सुरु भएको छ । जिल्ला खेलकुद विकास समितिको समन्वय तथा नुवाकोट भलिवल संघको सहयोगमा सन्चालित सो प्रतियोगिताको उद्घाटन खेलमा नेपाल प्रहरीले आयोजक विदुरलाई २५–९, २५–१५ र २५–१४ को सोझो सेटमा पराजित गरेको हो । प्रहरीकी मनिषा चौधरीले म्यान अफ दि म्याचको पुरस्कार जितिन् ।

प्रतियोगितामा सहभागि टिमहरुमा न्यू डाईमण्ड एकेडेमि नैकाप , त्रिभुवन आर्मी क्लब , नेपाल पुलिस क्लब , नेपाल एपीएफ क्लब , सिन्धुपाल्चोक भलिबल टिम र न्यू पारामाउण्ट स्कुलले सहभागिता जनाएका छन् । प्रतियोगिता उपाधि जित्ने टोलीले नगद एकलाख ५० हजार रुपैयाँ कप, स्वर्णपदक र प्रमाणपत्र पाउनेछ । उपविजेताले नगद ७५ हजार रुपैयाँ, कप, रजतपदक र प्रमाणपत्र पाउने विदुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुदेवकुमार पोखरेलले जानकारी दिए । प्रतियोगितामा तेस्रो स्थान जित्ने टोलीले नगद २५ हजार रुपैयाँ, कप, कास्य पदक र प्रमाणपत्र पाउने छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद १० हजार रुपैयाँ पुरस्कार दिइने छ । बेष्ट स्पाइकर, बेष्ट डिफेन्स,बेष्ट ब्लकर र बेष्ट लिफ्टरलाई समान ५ हजार रुपैयाँ प्रदान गरिने प्रतियोगिताका संयोजक शनि चित्रकारले जनकारीदिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्