प्रेमकुमार राई मुख्यसचिव बन्दै


 काठमाडौँ । गृहसचिव प्रेमकुमार राईलाई मुख्यसचिव बनाउन लागिएको छ ।

राईलाई प्रधानमन्त्री नेपाल फर्कने बित्तिकै मुख्यसचिव नियुक्त गर्ने स्रोतले बताएको छ ।  गत साताको मन्त्रिपरिषद् बैठकमा मुख्य सचिव लोकदर्शन रेग्मीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण अफ्रिका र दक्षिण कोरिया मध्ये एक देशको राजदूत पद रोजेर मार्ग प्रशस्त गर्न सुझाव दिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव महेश्वर न्यौपानेलाई गृहसचिवको जिम्मेवारी दिएर गृहसचिवलाई मुख्यसचिव बनाउने प्रमको योजना छ ।  गृहमन्त्रालय माओवादीको पोल्टामा परेपछि  प्रेमकुमार राईलाई प्रधानमन्त्री ओलीले गृहसचिव बनाएर पठाएका थिए । राई प्रमका विश्वासपात्र हुन ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।