ट्याक्टर दुर्घटनामा परी २ को मृत्यु


रुकुम । रुकुमपूर्वको भुमे गाउँपालिका ७ बालुवामा ट्याक्टर दुर्घटना हुदाँ दुईको मृत्यु भएको छ ।

भुमेको देउखोलाबाट सिस्ने गाउँपालिका ५ रुकुमकोटतर्फ आउँदै गरेको ग १ त २५९२ नम्बरको ट्याक्टर सानीभेरीमा खस्दा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सिस्ने ४ अमलाचौरका रामचन्द्र बाहोरा र रुकुम पश्चिम त्रिवेणी ५ का लक्ष्मण ओली रहेका छन् । रामचन्द्रको घटनास्थालमै र लक्ष्मणको उपचारका क्रममा जिल्ला अस्पताल रुकुम पश्चिममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा पुथाउत्तरगंगा गाउँपालिका ४ का कृष्ण रसाइली गंभिर घाइते भएका छन् । उनको जिल्ला अस्पताल रुकुमपश्चिममा उपचार भइरहेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।