आज हावाहुरी सहित वर्षा हुने, सचेत रहन विभागको आग्रह

0
Shares

काठमाडौं । शुक्रबार देशको पहाडी भू–भागहरूमा आंशिक बदलि रही अपरान्ह पछि सामान्य बदली रही पूर्वी तथा मध्य भूभागका केही स्थानहरुमा पश्चिमी पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वामान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार रातिको समयमा देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदलि रही देशका पूर्वी तथा मध्य भूभागका केहि स्थानहरुमा र पश्चिमी क्षेत्रका थोरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना छ ।

Skip This