प्रवासीहरु चढेको डुंगा दुर्घटना, ६५ जनाको मृत्यु भएको पुष्टि


एजेन्सी, प्रवासीहरु चढेको एक डुंगा भूमध्य सागरमा दुर्घटना हुँदा कम्तिमा ६५ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सीका अनुसार यो डुंगा ट्युनिसिया नजिक समुद्रमा दुर्घटना भएको हो ।

दुर्घटनास्थलबाट १६ जनालाई उद्धार गरिएको बीबीसीले जनाएको छ । जीवित व्यक्तिहरुका अनुसार यो डुंगा बिहीबार लिबियाबाट छुटेको थियो र समुद्रमा उठेका ठूला छालका कारण दुर्घटना भयो ।

यो डुंगामा धेरैजसो अफ्रिकाका थिए । ट्युनिसिया सरकारका अनुसार यो दुर्घटनाको जानकारी पाउनासाथ माछा मार्नेहरुले प्रयोग गर्ने डुंगा उद्धारका लागि पठाइएको थियो ।

युएनएचसीआरको तथ्यांकअनुसार यसै वर्षको हालसम्म लिबियाबाट युरोपको बाटोमा पर्ने स्थानहरुमा डुंगा दुर्घटना हुँदा १६४ जनाको ज्यान गइसकेको छ । यो पछिल्लो दुर्घटना सबैभन्दा धेरै मानवीय क्षति भएको घटना हो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।