आदेश र मुनालाई स्वर्ण

0
Shares

काठमाडौं, (नेस)
दोस्रो कोटेश्वर आमन्त्रण तेक्वान्दो च्याम्पियनसिपमा आदेश बिष्ट र मुना तामाङले स्वर्ण जितेका छन् ।

कोटेश्वरस्थित कोटेश्वर तेक्वान्दो डोजाङको आयोजनामा शनिबार भएको एकदिने च्याम्पियनसिपमा आदिले जुनियर २० केजी मुनि र मुनाले महिला ४९ केजी मुनि तौलसमूहमा स्वर्ण जितेका हुन् ।

आदेशले फाइनलमा सन्दीप गिरीलाई हराउँदै स्वर्ण आफ्ना बनाउँदा संस्कार अधिकारी र कृष्ण बुढाथोकी संयुक्त रूपमा तेस्रो भए ।मुनाले भने फाइनलमा जोत्सना केसीलाई स्तब्ध बनाउँदै स्वर्ण आफ्नो बनाइन् । महिलाकै ४३ केजीमा समर्पण राई पहिलो हुँदा फाइनलमा हिमानी मगरलाई स्तब्ध बनाइन् । सोही तौलमा सुस्मा राई र अर्चना साह तेस्रो भए ।