मनमैजु टिम पहिलो

0
Shares

 

काठमाडौं, (नेस)
नेपालको मनमैजु डोजोले दोश्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ । मनमैजुले ५ स्वर्ण, २ रजत र ७ कांस्य जित्दै टिम च्याम्पियन बन्यो ।

नेपाल सितोरियो कराते संघ, छाउनी शाखा डोजो क्लबद्वारा आयोजित प्रतियोगितामा ३ स्वर्ण, २ रजत र ५ कांस्यसाथ बंगलादेश दोश्रो भयो । तेश्रो स्थानको नेपालको ब्लेस एकेडेमीले २ स्वर्ण र ३ कांस्य प्राप्त ग¥यो । प्रतियोगिताको पुरुषमा सुवास परियार तथा महिलामा आयुशा तामाङ उत्कृष्ट खेलाडी घोषित भए । दुवै नेपालका हुन् । पुरस्कार स्वरुप दुवैले माउन्टेन बाइक प्राप्त गरे ।