काठमाडौं, (नेस)
नेपाली क्रिकेट समर्थक समाजले स्व प्रमोद बज्राचार्यको बार्शिक पुण्यतिथिको अवसर पारेर राष्ट्रिय महिला क्रिकेटर कविता कुँवरलाई स्व. प्रमोद वज्राचार्य एनसीएसएस दोस्रो राष्ट्रिय सेवा सम्मान प्रदान गरिएको छ ।
शनिबार भएको वज्राचार्यको स्मृति कार्यक्रममा इमर्जिङ खेलाडीको रुपमा सम्मान पाएकी कुँवरलाई नगद रु २५ हजार नगद पुरस्कार दिइएको हो । २०७५ वैसाख २१ गते निधन भएका वज्राचार्य एनसीएसएसका सन्स्थापक सदस्य एवम तात्कालिन कोसाध्यक्ष्य रहेका थिए ! स्व प्रमोद बज्राचार्यको सम्झना स्वरुप नेपालि क्रिकेटलाई योगदान होस भन्ने उद्देस्यले एनसीएससले रास्ट्रीय सम्मान कार्यक्रम’ बार्शिक रुपमा गर्दै आएको छ ।











प्रतिक्रिया