ब्राइट फ्युचर प्रिक्वाटरफाइनलमा


काठमाडौं, (नेस)
ब्राइट फ्युचर गणेशमान सिंह स्मृति एसईई कप फुटसल प्रतियोगिताको ब्वाइजतर्फ शनिबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ ।

काठमाडौं खेलकुद समाजद्वारा आयोजित प्रतियोगितामा चिल्ड्रेन हेभन, रिब्स, ग्रास रुट फुटसल एकेडेमी, गोल्स फुटबल एकेडेमी, लर्ड बुद्ध, एफसीएच यस र सामाखुशी फुटसलले पनि प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरे । यसअघि शारदा एकेडेमी, धुकु फुटसल, अरोरा, फोरेस्ट किङ, त्रिज्योति, इन्साइट भिजन ‘ए’, आयोजक काठमाडौं खेलकुद समाज र एक्सेल्सियरले अन्तिम १६ मा स्थान बनाइसकेका छन् ।

 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।