पत्रकार अर्जुन गिरी साधारण तारेखमा रिहा

0
Shares

पोखरा ।
समाचार लेखेको आधारमा पक्राउ परेका पोखराका पत्रकार अर्जुन गिरी साधारण तारेखमा रिहा भएका छन् । साइबर अपराध मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका गिरीलाई काठमाडौं जिल्ला अदालतमा जिल्ला न्यायाधीश अम्बरराज पौडेलको एकल इजालसले तारेखमा रिहा गर्ने आदेश दिएको हो ।

तान्डव न्यूज साप्ताहिक तथा अनलाइनमा बतास अर्गनाइजेसनका सञ्चालक विपेन्द्र बतासले ठूलो रकम ठगी गरेको जाहेरी परेपछि गिरीले त्यसैलाई आधार बनाएर समाचार लेखेका थिए । उनलाई पक्राउ गरेपछि नेपाल पत्रकार महासंघको अगुवाईमा देशभरका पत्रकार आन्दोलित भएका थिए। नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले पनि विज्ञप्ति जारी गरी पत्रकारले स्वतन्त्रतापूर्वक समाचार लेख्न पाउने संवैधानिक अधिकारमाथि हस्तक्षेप भएको जनाएको थियो । पत्रकार गिरीविरुद्ध साइबर क्राइम मुद्दा दर्ता भएको विरोधमा देशभरका पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय अगाडि बिहीबार बिहान धर्ना बसेका थिए ।

Skip This