नख्खु बम काण्डका मुख्य योजनाकार पक्राउ


काठमाडौ  । ललितपुरको एनसेनको मुख्यालय नख्खुमा भएको बम विस्फोटन घटनाका मुख्य योजनाकार वीरबहादुर कठायत पक्राउ परेका छन् । उनलाई महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार सुन्धाराबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ परेका कठायत जुम्लाका नेकपा बिप्लव समुहका उच्चस्तरीय नेता हुन् ।

गत फागुन १० गते बम विस्फोट हुँदा एक जनाको मृत्यु भएको थियो भने २ जना गम्भीर घाइते भएका थिए । उक्त बम विस्फोटमा संलग्न ८ जनामध्ये ६ जनालाई प्रहरीले पक्राउ गरिसकेकोे छ । प्रहरीका अनुसार अन्य २ जना भने अझैं फरार रहेका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।