ठगीबाट जोगिन बतासले पत्रकारमाथि सिआईबी लगाए



काठमाडौं । ठगीको समाचार लेखेको आरोपमा पत्रकार अर्जुन गिरीलाई केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ । जग्गा विवाद सम्बन्धी समाचार लेखेका गिरीलाई सिआईबीको पत्रको आरोपमा कास्की प्रहरीले सोमबार पोखराबाट पक्राउ गरेको छ ।

ताण्डव न्युज साप्ताहिक र ताण्डवन्युज डट कमका सम्पादक गिरीले व्यवसायी वीपेन्द्रराज बतासले जग्गामा ठगी गरेको समाचार लेखेका थिए । बतासले दुईजनाबाट ४ करोड २३ लाख रुपैयाँ ठगी गरेको उजुरीको आधारमा समाचार लेखेका थिए ।

समाचारमा बतासले व्यवसायी मनोज श्रेष्ठ र जनकराज पहारीलाई क्रमश: १ करोड ९८ लाख र २ करोड २५ लाख गरी ४ करोड २३ लाख ठगेको उल्लेख छ। वीपेन्द्रराजले प्रहरीको सिआईबीमा अर्जुनविरूद्ध साइबर अपराध गरेको भनी उजुरी गरेको आधारमा अदालतबाट पक्राउ पुर्जी जारी गरी कास्की प्रहरीले गिरीलाई सोमबार पक्राउ गरेको जनाएको छ ।

पत्रकार गिरीलाई प्रहरीले साइबर अपराध सम्बन्धी कसुरमा पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ। गिरी नेपाल पत्रकार महासंघ कास्की शाखा सदस्य पनि हुन्। गिरीले आफ्नो पत्रिका र अनलाइन दुबै हुँदाहुँदै सिआईबीलाई आर्थिक प्रभावमा पारेर वीपेन्द्रराजले आफुलाई पक्राएको आरोप लगाएका छन् ।

समाचार लेखेकै भरमा अपराध मुद्दा लगाएर पत्रकार पक्राउ परेपछि समाजिक सञ्जालमा यसको विरोध चर्को बिरोध भएको छ । यसैबीच वीपेन्द्रराजलाई प्रेस काउन्सिलले उक्त अनलाइन सुचिकरणमा नभएको जानकारी दिएको छ। तर, सुचना बिभागले भने सबै विवरण ठिक छ भन्दै दर्ता गरेको छ ।

प्रतिक्रिया दिनुहोस्