फेसबुक, इन्स्ट्राग्राम र ह्वाट एप्स ‘डाउन’



काठमाडौं । चर्चित सामाजिक सञ्जाल फेसबुक नेपालसहित विश्वभर अवरुद्ध बनेको छ । ट्वीटर प्रयोगकर्ताहरुले फेसबुक अवरुद्ध भएको भन्दै स्कृनसटहरु पोस्ट गरिरहेका छन् ।

फेसबुककै स्वामित्वमा रहेको ह्वाट्स एप र इन्ट्राग्राममा पनि समस्या आएको समाचारहरुमा जनाइएको छ ।

नेपालमा पनि आइतबार दिउँसो साढे २ बजेतिरदेखि यो समस्या देखिएको छ । प्रयोगकर्ताहरुले फेसबुक खोल्ने प्रयास गरेपनि सफल नभएको जानकारी ट्वीटरमा गरिरहेका छन् ।
 

प्रतिक्रिया दिनुहोस्