४ ओभरमा ४६ रन, बैंग्लोरविरूद्ध सन्दिप लामिछाने महंगो सावित



काठमाडौँ ।
रोयल च्यालेञ्जर्स बैङलोर विरुद्धको खेलमा नेपाली युवा बलर सन्दिप लामिछानेले चार ओभरमा ४६ रन दिएर एक विकेट लिएका छन ।

टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको दिल्लीको १० औं ओभर लिएर आएका सन्दिपले पहिलो बलमा छक्का खाए । स्टोनीसले उनको बलमा छक्का हिर्काए । त्यसपछि डट बल गरेका सन्दिपले त्यसपछि तीन बलमा तीन रन दिए ।

त्यसपछि सन्दिपले टिमको १२ औं तथा ब्यक्तिगत दोस्रो ओभरमा ६ रन दिए । निकै कन्ट्रोल बलिङ गरेका उनले सबै बलमा एक एक रन मात्र खर्चिए ।

ब्यक्तिगत तेस्रो ओभरमा सन्दिपले ११ रन दिएर विकेट लिन सफल भए । पहिलो बलमा छक्का खाएका सन्दिपले दोस्रो बल डट गरेका थिए भने तेस्रो बलमा मोयन अलीको विकेट लिन सफल भए । उनले ३२ रन बनाएका थिए । तर त्यसको अर्को बलमा उनले चौका खाए । त्यसपछि एक बल डट र अर्को बलमा एक रन दिएका थिए ।

त्यसपछि उनले आफ्नो अन्तिम ओभरमा सन्दिप महंगो सावित भए । उनले सो ओभरमा १९ रन दिए । जसमा उनले पहिलो बलमा एक रन खाए भने दोस्रो बलमा चौका र तेस्रो बलमा फेरी एक रन दिए । तर चौथो बलमा विराट कोहलीले उनलाई छक्का प्रहार गरे । पाँचौ बलमा सन्दिपले अर्को छक्का खान पुगे । अन्तिम बलमा एक रन दिए ।

प्रतिक्रिया दिनुहोस्