राष्ट्रिय विकास परिषदको बैठक सुरू


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको उद्घाटनमा राष्ट्रिय विकास परिषदको दुईदिने बैठक सुरु भएको छ ।

काठमाडौँको होटल सोल्टीमा आयोजना गरिएको बैठकमा नेकपा अध्यक्ष प्रचण्ड, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री युवराज खतिवडा, कांग्रेस उपसभापति विजयकुमार गच्छदार लगायतको उपस्थिति रहेको छ ।

बैठकमा सहभागी हुन तीनै तहका सरकारी अधिकारीहरु पनि आइपुगेका छन् ।राष्ट्रिय योजना आयोगले २५ वर्षे दीर्घकालीन सोचसहित आधारपत्र तयार पारेको छ ।

पन्ध्रौं योजनाको आधारपत्रलाई बैठकले अन्तिम रुप दिने राष्ट्रिय योजना आयोगका सहसचिव डा. किरण रूपाखेतीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।