प्रदेश ३ को सानदार शुरुवात



काठमाडौं, (नेस)
यु १६ क्रिकेट लिगअन्तर्गत प्रदेश ३ ले प्रदेश ४ लाई ९० रनले हराएर शानदार शुरुवात गरेको छ ।

मंगलबार त्रिवि मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ३ ले निर्धारित ३० ओभरमा ६ विकेटको क्षेतिमा २ सय १० रन बनायो । टोलीका लागि ओपनर दीपक बोहोरा र आईश भट्टराईले अर्धसतक प्रहार गरेपछि टोलीले बलियो योगफल तयार गरेको हो । पहिलो विकेटका लागि १ सय ४ रनको साझेदारी गरेर दीपक आउट भएका थिए । अभिषेक थापाको बलमा आउट भएका दीपकले ३८ बलमा ९ चौकाुसहित ५२ रन जोडे । अभिषेकले अर्को बलमा अशोक पौडेललाई पवेलियन फर्काए ।

तर आईशले ७१ बलमा ८२ रन बनाएर टोलीलाई ठूलो योगफलतिर अग्रसर गराए । म्यान अफ द म्याच आईशले १० चौका प्रहार गरेका थिए । शून्यमा जीवनदान पाएका प्रशान्तले ४९ बलमा २ चौकासहित ३२ रन जोडेका थिए । प्रदेश ४ का बलरले अभिषेक र रोशन न्यौपानेले २÷२ विकेट लिएका थिए ।
जवाफमा प्रदेश ४ ले ३० ओभर खेले पनि ६ विकेटको नोक्सानीमा १ सय २० रन मात्रै बनाउन सकेको थियो । टोलीका लागि ओपनर अर्जुन कुमालले ३८ रनको योगदान दिनुबाहेक अन्यको उल्लेखनीय प्रदर्शन रहेन । प्रदेश ३ का बलरले तिलक भण्डारीले २ विकेट हात पारेका थिए ।

यस प्रतियोगितामा प्रत्येक समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन् । उक्त प्रतियोगिताबाट यसै अप्रिल १८ देखि २९ तारिखसम्म थाइल्यान्डमा हुने एसीसी यु १६ इस्टर्न रिजनको लागि खेलाडी छानिनेछन् ।

प्रतिक्रिया दिनुहोस्