मनाङले अबहानीसँग आज खेल्दै



नेपाल समाचारपत्र, काठमाडौं
एशियाली फुटबल महासंघ (एएफसी) अन्तर्गतको एएफसी फुटबल छनोट प्रतियोगितामा आज मनाङ मस्र्याङदी क्लबले खेल्दैछ ।

दक्षिण एशिया क्षेत्रतर्फ समूह ई मा रहेको मनाङ मस्र्याङदीले बंगलादेसको ढाका अबाहानी क्लबसँग खेल्नेछ । एन्फा कम्प्लेक्समा हुने सो खेलअगाडिको प्रेस मिटमा मनाङका कप्तानले अबाहानी पनि आफ्नै टोलीको स्तर भएको बताए । उनले बताए—दुबै टोली एउटै स्तरको छन् । अबाहानीसँग पहिले पनि खेलेका थियौ । अबाहानीलाई कम आँक्न पनि सकिँदैन । सो टोलीमा राष्ट्रिय स्तरका खेलाडीले पनि खेल्ने गरेका छन् ।

करिब ५ वर्ष पछि नेपालमा हालै घरेलु ए डिभिजन लिग संचालन भएकोमा मनाङ लिग च्याम्पियन बनेको हो । एएफसीको सो प्रतियोगितामा विभिन्न राष्ट्रका लिग च्याम्पियनले सहभागिता जनाउने प्रावधान रहेको छ । महर्जनले टोलीले मोफसलमा राम्रो गर्न नसकेपनि तयारी राम्रो भएको दावी गरेका छन । उनले भने—समय छोटो थियो । तर पनि राम्रो तयारी भएको छ । हामी जितकै लागि खेल्नेछौ ।

मनाङले अर्को खेल भारतको आइ लिग च्याम्पियन मिनर्भा पन्जाबसँग खेल्नेछ । सो समूहमा अर्को टोली पनि भारतकै छ । इन्डियन सुपर लिग च्याम्पियन चेन्नाईएन फुटबल क्लब रहेको छ । यी दुबै टोलीसँग नेपालको सामना भारतको मैदानमा हुनेछ । समूहको शीर्ष टोली इन्टर जोन प्लेअफ सेमिफाइनलमा पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्