धोनीको टोलीद्वारा ह्याट्रिक



नयाँ दिल्ली, (एजेन्सी)
भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीको टोलीले हारको ह्याट्रिक लगाउँदा पूर्व कप्तान महेन्द्रसिंह धोनीको टोलीले जितको ह्याट्रिक लगाएको छ ।

आईतबार दुई छुट्टाट्टै खेलमा कोहलीको टोली रोयल च्यालेन्जर्स बैंगलोर सनराइजर्स हैदराबादसँग १ सय १८ रनले नराम्रो सँग परास्त भएको थियो । जबकी पाको उमेरका धोनीको टोली चेन्नई सुपर किंग्सले राजस्थान रोयल्सलाई ८ रनले माथ खुवायो । यो नतिजापछि चेन्नाई ६ अंकसहित शीर्ष स्थानमा छ भने बैंगलोरले अंक जोड्न सकेको छैन ।

राजस्थानको सामू चेन्नाईले १ सय ७६ रनको लक्ष्य दिएको थियोे । तर राजस्थान ८ विकेट गुमाएर १ सय ६७ रनमै समेटियो । अन्तिम ओभरमा टोेलीले जित्न १२ रनको आवश्यक थियो । तर ड्वायन ब्राभोले पहिलो बलमै बेन स्टोक्सलाई सुरेस रैनाको हातबाट क्याचआउट गराए । ४६ रन बनाएर खतरनाक देखिएका स्टोक्सको विकेट लिएर ब्राभोले चेन्नाईलाई जिततिर अग्रसर गराएका थिए ।

दोस्रो बलमा श्रेयास गोपालले रन जुटाउन सकेनन् । तेस्रो बलमा एक रन बन्यो भने चौथो बलमा जेफ्रो आर्चरको ब्याट नै टुकडा भएको थियो । यसमा एक रन बनेको थियो । पाँचौ बलमा गोपाल आउट हुनासाथै चेन्नाईको जित पक्का भयो । अन्तिम बलमा एक रन मात्रै बनेको थियो । ब्राभोले ३२ रन दिएर दुई विकेट हासिल गरे भने स्पिनर इमरान ताहिरले ३ विकेट लिए ।

यसअघि चेन्नाईको शुरुवात राम्रो भएको थिएन । ८८ रनका लागि ४ विकेट गुमाएको अवस्थामा कप्तान धोनीले सानदार ७५ रन जोड्दै १ सय ७५ रनसम्म पु¥याएका थिए । उनले ४६ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै नटआउट रहेका थिए । यो चेन्नाईमा धोनीको सर्वाधिक स्कोर समेत हो ।

अर्कोतिर अम्बाती रायडु, शेन वाटसन र केदार जाधब जस्ता खेलाडी सस्तैमा आउट भएका थिए । धोनीलाई सुरेस रैनाले साथ दिएका थिए । रैनाले ३६ रन जोडेका थिए । यसपछि ब्राभोले १६ बलमा २७ रन बटुलेका थिए ।

प्रतिक्रिया दिनुहोस्