विजेतालाई थप सवा २ लाख



हेटौंडा, (नेस)
हेटौंडामा शनिबार सम्पन्न दोस्रो संस्करणको शहीद स्मृति मकवानपुर गोल्डकपको उपाधि जितेको मकवानपुर टोलीले पुरस्कारको ८ लाख नगदसहित थप २ लाख २५ हजार पनि पाउने भएको छ । शनिबार भएको फाइनलमा मकवानपुरले क्यामरुनी टोली डाफिन्सलाई २–१ गोल अन्तरले हराउँदै उपाधि हात पारेको हो ।

आयोजकका अनुसार विजयी मकवानपुरले ८ लाखसहित विभिन्न पुरस्कार प्राप्त गर्नेछ । पूर्व गृहराज्यमन्त्री एवम् प्रदेश नम्बर ३ का प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँले मकवानपुरलाई नगद थप १ लाख दिने भएका छन् ।

उनले प्रोत्साहनस्वरुप शुक्रबार एक कार्यक्रमबीच मकवानपुरका खेलाडीलाई जनही ५ हजारका दरले नगद १ लाख २५ हजार उपलब्ध गराएका थिए । उनले शुक्रबार नै मकवानपुरले फाइनल जिते थप १ लाख पुरस्कार दिने घोषणा गरेका थिए ।

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्