चेल्सी विजयी



लन्डन, (एजेन्सी)

इंग्लिश प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा चेल्सी विजयी भएको छ ।
एक गोलले पछि परेको अवस्थालाई उल्ट्याएर चेल्सीले कार्डिफ सिटीलाई २–१ पराजित गरेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरी टुङ्गिएको उक्त खेलको ४६औं मिनेटमा कामरासाले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर खेलको ८४औं मिनेटमा अज्पीलिक्वेटाले बराबरी गोल गर्दै चेल्सीलाई खेलमा फर्काएका थिए ।

बराबरीतिर अग्रसर उक्त खेलको इन्ज्युरी समयको पहिलो मिनेटमा लोफ्ट्सचिकले गोल गरेपछि चेल्सीले महत्वपूर्ण तीन अंक जोड्न सफल भयो । जितसँगै ३१ खेलबाट चेल्सीले ६० अंक जोडेको छ । यता पराजित कार्डिफ भने रेलिगेसन जोन भित्र रहेको छ ।

प्रतिक्रिया दिनुहोस्