गेलको ३ सय छक्का



नयाँ दिल्ली, (एजेन्सी)
क्रिस गेल इन्डियन प्रिमियर लिग (आईपीएल) मा ३ सय छक्का प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् ।

शनिबार किंग्स इलेभेन पञ्जाबका यी खेलाडीले मुम्बई इन्डियन्सविरुद्ध २ छक्का प्रहार गरेपछि ३ सय छक्काको संख्यामा पुगेको हो । गेलले ४ छक्का र ३ चौकासहित ४० रन बनाएका थिए । उनले आईपीएलमा कूल १ सय १४ खेल खेलेर ३ सय २ छक्का प्रहार गरिसकेका छन् । उनले १ सय छक्का ३७ खेलबाट, २ सय छक्का ६९ खेलबाट पुरा गरेका थिए ।

गेलले उपलब्धि हासिल गरेको उक्त खेल पञ्जाबले नै जितेको छ । पञ्जाबले मुम्बईलाई ८ विकेटले हराएको थियो । जसमा ओपनर लोकेस राहुलले ७१ रनको नटआउट इनिङ खेले । यसअघि मुम्बईले १ सय ७७ रनको लक्ष्य दिएको थियो । यससँगै मुम्बईले ३ खेलमा दोस्रो हार बेहोरेको छ भने पञ्जाबको यो ३ खेलमा दोस्रो जित थियो ।

प्रतिक्रिया दिनुहोस्