ग्रीष्मालाई फुटसल उपाधि



काठमाडौं, (नेस)
ग्रीष्मा मल्टीपर्पज को–ओपरेटिभले ‘जेन्टलम्यान किक’ प्रथम कर्पोरेट फुटसल प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।

नयाँबजारस्थित रिभर फिल्ड फुटसलमा भएको फाइनलमा ग्रीष्माले आईएमइ ग्रुपलाई ३–१ गोलले पराजित ग¥यो । ग्रीष्माका सिजन गुरुङले २ तथा सन्देश पाण्डेले १ गोल गरे । आईएमइका किरण गुरुङले १ गोल फर्काए । विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाए ।

प्रो स्पोर्ट्सद्वारा आयोजित प्रतियोगितामा सिजन गुरुङ उत्कृष्ट खेलाडी तथा नेत्रबहादुर श्रेष्ठ उत्कृष्ट गोलरक्षक चुनिए । प्रतियोगिताभर ८ गोल गरेका आईएमइका किरण गुरुङ सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहे । नेपाल ओलम्पिक कमिटीले अनुशासित टिमको ट्रफी हात पा¥यो ।

प्रतिक्रिया दिनुहोस्