आठौं राष्ट्रिय खेलकुद बैसाखमा हुने



काठमाडौं, (नेस)
आठौं राष्ट्रिय खेलकुद आगामी वर्ष वैसाख ५ गतेदेखि ११ गतेसम्म हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को १११औं बोर्ड बैठकले सो प्रतियोगिताको मिति शनिबार तोकेको हो । यद्यपि आठौं राष्ट्रिय खेलकुदमा समावेश विभिन्न ३५ खेल मध्ये केही खेलहरु यी चैत २७ गतेदेखि नै सुरु गरिने पनि परिषद्ले जनायो । प्रदेश ५ मा हुन गइरहेको आठौं राष्ट्रिय खेलकुदका खेलहरु बाँके, बर्दिया, दाङ, कपिलवस्तु र रुपन्देहीमा हुनेछ ।

प्रतियोगितामा समावेश ३५ खेलहरु ःफुटवल, एथलेटिक्स, बक्सिङ्ग, भारोत्तँेलन, टेवल टेनिस, क्रिकेट, लनटेनिस, पौडी, सुटिङ्ग, भलिवल, स्क्वास, तेक्वान्दो, जुडो, आर्चरी, कवड्डी, खो खा, ऊसु, बास्केटवल, व्याडमिन्टन, साईक्लिङ्ग, कराते, कुस्ती, फेन्सीङ्ग, ट्रायथलन, प्याराग्लाईडिङ्ग, गल्फ, ह्याण्डवल, बुद्धिचाल, सफ्टटेनिस, आई.टि.एफ.तेक्वान्दो, सेपाकताक्रो, जिम्न्याष्टिक, शारिरीक सुगठन, फुलकन्ट्याक्ट कराते र हकी ।

प्रतिक्रिया दिनुहोस्