भवनमा आगलागी 



ढाका, (एजेन्सी )
बंगलादेशको राजधानी ढाका स्थित माथिल्लो बजार व्यावशायिक क्षेत्र स्थित एक गगनचुम्वी भवनमा ठूलो आगलागि भएको छ । यस घटनामा कम्तिमा सातजनाको ज्यान जानुका साथै अन्य बिसजना भन्दा बढि घाइते भएका छन् ।

बानानी स्थित उक्त उन्नाइस तले भवनमा दर्जनौं मानिस फसेको आशंका गरिएको छ । मानिसहरु भ्mयालबाट मद्धतका लागि गुहारिरहेका देखिन्छन् भने केहि भवनबाटै हामफालेको स्थानिय संचार माध्यमले जनाएको छ । गत महिना पनि ढाकाको पुरानो वस्तीमा आगलागि हुँदा कम्तिमा ७८ जना मारिएका थिए ।

प्रतिक्रिया दिनुहोस्