क्रिकेटर महबुबलाई सम्मान गरिने



काठमाडौं, (नेस)
नेपालका अलराउन्ड मेहबुब आलम कर्मयोगी लखनराम अग्रहरि सेवा सम्मानबाट सम्मानित हुने भएका छन् । महबूब सन् २००८ मा आइसीसी विश्व क्रिकेट लिग डिभिजन ५ मा मोजाम्बिकविरुद्धको खेलमा सबै १० विकेट लिएर विश्व कीर्तिमान बनाउने क्रिकेटर हुन् ।

नेपाल खेलकुद पत्रकार मञ्चका संस्थापक अध्यक्ष सीताराम अग्रहरीले अपा्mनो बुबा लखनराम अग्रहरीको स्मृतिमा लखनराम अग्रहरी र आमा गणपति दवीको स्मृतिमा गणपतिदेवी सेवा सम्मान पुरस्कार स्थापित गर्नुभएको हो । गणपति देवी सेवा सम्मान वरिष्ठ संगीत साधक गुरुदेव कामतलाई प्रदान गरिनेछ । दुवै सम्मानको पुरस्कार राशि १०–१० हजार रुपियाँ रहेको छ । सो सम्मान वैशाख ७ गते सुनसरीको दुहबीमा प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्