कर्पोरेट फुटसल शनिबार


काठमाडौं, (नेस)
प्रो स्पोर्ट्सको आयोजनामा ‘जेन्टेलम्यान किक’ प्रथम कर्पोरेट फुटसल प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगितामा ८ टिमको सहभागिता रहने प्रो स्पोर्ट्सकी कार्यकारी निर्देशक बागमती राईले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।

समूह ‘ए’ मा प्लाटन कम्प्युटर, ग्रिष्मा मल्टीपर्पज को–ओपरेटिभ, नेपाल ओलम्पिक कमिटी र आईएमइ ग्रुप तथा समूह ‘बी’ मा नेपाल एयरलाइन्स, फर्निचर ल्यान्ड, हिमालयन जनरल इन्स्योरेन्स र नेपाल राष्ट्र बैंक छन् । नयाँ बजारस्थित रिभर फिल्ड फुटसलमा हुने प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र अनुशासित टिमलाई ट्रफीद्वारा पुरस्कृत गरिने छ । प्रतियोगिता आईएमइ पेको मुख्य प्रायोजनमा हुन लागेको हो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।