भलिबल टोलीको बिदाइ



काठमाडौं, (नेस)
क्रोएसियामा हुने आईएसएफ विश्व विद्यालय यु–१५ भलिबल च्याम्पियनसिपमा सहभागी हुने न्यु डायमन्ड एकेडेमीका ९ खेलाडीसहित १४ सदस्यीय टोलीलाई बुधबार एक कार्यक्रमबीच बिदाइ गरियो ।

मार्च ३० देखि अप्रिल ६ तारिखसम्म हुने प्रतियोगितामा सोनी थपलिया, करिना सुनुवार, सविना तामाङ, दिया परियार, जोया गुरुङ, सजिना श्रेष्ठ, रिया कुँवर, प्रेक्षा राई र सुनिता खड्काले प्रतिस्पर्धा गर्ने छन् । टोली नेतामा नेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्की, प्रशिक्षकमा कुमार राई, निर्णायकमा चन्द्र बन्दना राई तथा अफिसियलमा मोहनकुमार कार्की र सुनकेशरी माली रहेका छन् ।

नेपालले पहिलो पटक सहभागि जनाउन लागेको उक्त प्रतियोगितामा २२ राष्ट्रको सहभागिता हुनेछन् । जसमा नेपालसहित बुल्गेरिया, चिली, चीन, चिनिया ताइपेइ, क्रोएसिया, फ्रान्स, इस्टोनिया, हंगेरी, मेसिडोनीया, नेदरल्यान्डस्, स्पेन, युक्रेन रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्