दिपेश तीनै बिधाको अन्तिम चारमा



नेपाल समाचारपत्र, काठमाडौं
नेपाल एपिएफका दिपेश धामी १५औं कृष्णमोहन स्मृती राष्ट्रब्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत तीन विधामा सेमिफाइनलमा पुगेका छन् ।
दिपेशले पुरुष एकल, युगल र मिश्रीत युगलमा अन्तिम चारको यात्रा तय गरेका हुन् ।

पुरुष एकलमा एपिएफका गौतम सिंह कठायतलाई २१–१४, २१–८ ले पराजित गरेका धामीले पुरुष युगलमा बिजित थापामगरसंग मिलेर एपिएफकै बिशाल प्रधान र विमल श्रेष्ठको जोडीलाई २१– १३, २१–१९ ले पाखा लगाए । यस्तै मिश्रीत युगल तर्फ पनि पुजा श्रेष्ठसंग मिलेर धामीले जेष्ट ब्याडमिन्टन एकेडेमीका अखिल श्रेष्ठ र डिना पुनलाई २१–१७, २१–७ ले पराजित गरेका थिए ।

यस्तै पुरुष एकलतर्फ त्रिभुवन आर्मीका प्रफुल महर्जन, सिल्क ग्रुपका प्रिन्स दाहाल र नेपाल पुलिसका जीवन आचार्य पनि अन्तिम चारमा पुगे । प्रफुलले एपिएफका सुदिप सेढाईलाई २१ – १८, २१–११ले, प्रिन्सले एपिएफका सुनिल जोशीलाई २१–१५, २१ –१९ ले तथा जीवनले एपिएफका साजन कृष्ण ताम्राकारलाई २१ –१८, २१ – १७ ले पराजित गरे ।

हलचोकस्थित एपिएफको कभर्डहलमा जारी प्रतियोगिताको महिला एकल तर्फ आर्मीका ३ खेलाडीले अन्तिम ४ मा स्थान बनाएर वर्चश्व कायम गरे । अमिता गिरी, रशिला महर्जन र अनुमाया राई आर्मीको तर्फबाट हुन भने एक खेलाडी एपीएफकी जेसिका गुरुङ हुन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्