आईपीएल शुरु, गेलको रेकर्ड तोडिएला त ?



नयाँ दिल्ली, (एजेन्सी)
इन्डियन प्रिमियर लिग (आईपीएल) को १२औं संस्करण गत मार्च २३ शनिबारदेखि शुरु भइसकेको छ । विश्व क्रिकेटमा सबैभन्दा चमक दमक भएको टी २० को यो प्रतियोगिता हो । पाकिस्तानका खेलाडीबाहेक यहाँ हरेक क्रिकेट टोलीका खेलाडीले खेलेका छन् । नेपालकै सन्दर्भमा पनि गत संस्करणदेखि सन्दीप लामिछानेले प्रतिनिधित्व गरिरहेका छन् । सन्दीपले गत संस्करणमा दिल्ली डेयरडेभिल्सबाट अन्तिम ३ खेल खेलेका थिए ।

२० लाख भारुमा बिकिएका सन्दीपले आईपीएलमा खेल्ना वितिकै सबैको ध्यान खिँचेका थिए । यही कारण उनले वेस्ट इन्डिज, क्यानडा, युएई, पाकिस्तान, अस्टे«लियाको घरेलु टी २० मा खेल्न पाए र उनी गत वर्ष निकै व्यस्त भए अहिले पनि उनी आईपीएलमा व्यस्त हुनेछन् । उनलाई दिल्ली क्यापिटलले पुरानै मूल्यमा आबद्ध गरेको छ ।

तर आईपीएलमा अर्को खेलाडी छन् जसले कयौं रेकर्ड रचेका छन् । उनी हुन् वेस्ट इन्डिजका विस्फोटक ब्याटसम्यान क्रिस गेल । गेलले राखेका रेकर्ड तोड्न शायद मुश्किल नै देखिन्छ । यसका बावजुद गत संस्करणमा उनलाई कसैले भाउ दिएन र पछि अन्तिममा किंग्स इलेभेन पन्जाबले उनलाई ३ लाख १४ हजार डलरमा टोलीमा राखेको थियो । पन्जाबले यस पटक पनि उनलाई टोलीमा राखेको छ । यसअघि उनी रोयल च्यालेन्जर्स बैंगलोरबाट खेलेका थिए ।

गेलकोआईपीएलमा बनेको रेकर्ड यस प्रकारका छन् ।
१. आईपीएलमा गेलले ६ शतक लगाएका छन् । उनी पछि विराट कोहली ४ शतक प्रहार गर्दै उनको रेकर्ड तोड्ने निकट छन् । यदि गेलको ब्याटले रन बनाउन नसकेको खण्डमा भने कोहलीले गेलको रेकर्ड तोड्न सकिनेछ ।

२. एकै खेलमा सर्वाधिक छक्का प्रहारको रेकर्ड पनि गेलकै साथ छ । गेलले सन् २०१३ मा पुणे वारियर्सविरुद्ध १७ छक्का प्रहार गरेका थिए । उनको यो रेकर्ड तोड्न मुश्किल छ । उनीपछि ब्रेन्डन म्याककुलुम (१३ छक्का) र एबी डिभिलियर्स (१२ छक्का) रहेका छन् ।

३.सन् २०१३ मै गेलले १ सय ७५ रन बनाएर अर्को रेकर्ड राखेका थिए । यो शायदै तोडिएला । रोयल च्यालेन्जर्सबाट खेलेका गेल पुणे वारियर्सविरुद्ध ६६ बलमा १७ छक्कासहित १ सय ७५ रन बनाउँदा नटआउट रहेका थिए ।

४. सन् २०१३ मै पुणे वारियर्सविरुद्ध गेलले ३० बलमा शतक प्रहार गरेका थिए । यो आईपीएलमा सबैभन्दा छिटो शतक बनेको रेकर्ड हो । हाल जारी आईपीएलमा कसैले यो रेकर्ड तोेड्नका लागि २९ बलमा शतक प्रहार गर्नुपर्ने कठिन चुनौती छ ।

५. यस्तैमा यो रेकर्ड भने तोड्न सकिँदैन । तर असम्भव त छैन । तापनि यो रेकर्ड तोड्नका लागि खेलाडीले हरेक खेलमा छक्कै छक्का बर्षा गर्नुपर्छ । गेलले आईपीएलमा अहिलेसम्म २ सय ९२ छक्का प्रहार गरेका छन् । उनी पछि एबी डिभिलियर्स र महेन्द्रसिंह धोनी (१८६ छक्का) तथा सुरेस रैना (१८५ छक्का) रहेका छन् । गेलले छक्काको मामिलामा ३ सय संख्या पु¥याउन सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्