भरतमोहन अधिकारीको सम्मानमा ३ दिन पार्टी झण्डा झुकाइने


काठमाडौं । नेपाल कम्युनिष्टि पार्टी (नेकपा)ले पूर्वउपप्रधामन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीको सम्मानमा ३ दिन पार्टी झण्डा झुकाउने भएको छ ।

अधिकारीको निधनप्रति निर्णय गर्न नेकपा सचिवालयको आइतबार बसेको बैठकले सबै कार्यालयमा पार्टीको झण्डा ३ दिनसम्म आधा झुकाउने र शोक पुस्तिका राख्ने निर्णय गरेको हो ।

नेकपाले हेलिकप्टर दुर्घटनामा दिवंगत पर्यटन तथा नागरिक उडययन मन्त्री रवीन्द्र अधिकारी र पूर्वउपप्रधामन्त्री भरतमोहन अधिकारीको सम्मानमा फागुन २३ गते श्रद्धान्जलीसभा गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।