रिसोर्टमा बसेर अपहरणको नाटक, पाँच जना प्रहरी फन्दामा


काठमाडौं । अपहरणको नाटक गरी रिसोर्टमा बस्ने पाँच जना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाले रौतहटका सत्येन्द्र प्रसाद यादब, सिन्धुलीका अनुप बैद्य, चितवनका सुवास तामाङ, तनहुँका सुदीप थापा र सन्दीप ठकुरीलाई पक्राउ गरेको हो ।

यादब अपहरणमा परेको गलत सूचना उनीहरुले प्रहरीमा दिएका थिए । अनुसन्धान गर्दा उनीहरु तारकेश्वरको पाँचपानेस्थित रिसोर्टमा बसेको खुलेको छ । प्रहरीलाई अनाबश्यक दुःख दिएकाले उनीहरु पक्राउ परेका हुन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।