हमला सुचि



मस्को,(एजेन्सी)
रुसी सरकारी टेलिभिजनले यदि आणविक युद्ध भइहालेको खण्डमा मस्कोले लक्षित गर्न सक्ने अमेरिकी सैनिक परिसरहरुको सुचि खुलासा गरेको छ । साथै रसियाले अहिले विकास गरिरहेको हाइपर सोनिक क्षेप्यास्त्रले ति स्थानमा पाँच मिनेट भन्दा कम समय भित्र मार हान्न सक्ने दावी गरिएको छ ।

ति लक्षित स्थानको सुचिमा रक्षा मन्त्रालय पेन्टागन र मेरिल्यान्डको क्याम्प डेविड स्थित राष्ट्रपतिय रिट्रिट समेत रहेका छन् । रुसी राष्ट्रपति भ्लदिमिर पुटिनले यदि अमेरिकाले चाहेक ैखण्डमा ‘ क्युवाली क्षेप्यास्त्र ’ शैलीको चुनौतिका लागि मस्को शैन्य रुपमा तयार रहेको बताएक थिए ।

प्रतिक्रिया दिनुहोस्