राष्ट्रियसभाको बैठक बस्दै: निवृत्तभरण कोष विधेयक पारित हुने



काठमाडौँ । योगदानमुलक निवृत्तभरण भत्ता सम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित हुने भएको छ ।

अर्थमन्त्री डा। युवराज खतिवडाले आज मध्यान्ह एक बजे बस्ने बैठकमा ‘निवृत्तभरण कोष विधेयक’ पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ । अर्थमन्त्री खतिवडाले आजको बैठकमा लेखा परीक्षण विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम तयार गरिएको छ ।

बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले जीवनाशक विषादी व्यवस्थापन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराममेघी गुरुङले ज्येष्ठ नागरिक सम्बन्धी ९पहिलो संशोधन० विधेयक सम्बन्धी प्रतिवेदन सभामा प्रस्तुत गर्ने कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस्