सामुहिक रुपमा भिक्षु बन्न लुम्बिनी जाने तयारी (फोटोफिचर)



ललितपुर,

ध्यान गरी ज्ञान प्राप्त गर्नका लागि ३५० जना पुरुष सामुहिक रुपमा भिक्षु बन्न लुम्बिनी जाने भएका छन् । फागुन १४ गते लुम्बिनी जान लागेका हुन् । १४ गते बिहान लुम्बिनी ध्यान गर्न गएका उनीहरु २५ दिनपछि फर्किनेछन् ।

हिरण्यवर्ण महाविहार सुधार समितिको प्रमुख आयोजनामा उनीहरुलाई सोमबार नगर परिक्रमा गराइएको छ । ललितपुरको नागबाहालबाट निस्किएको टोली गोल्डेन टेम्पल, पाटन दरबार स्क्वाएर हुँदै पुलचोक इन्जिनियरिङ कलेजसम्म परिक्रमा गर्ने छन् ।

तस्विरः उज्जोल डंगोल, ललितपुर ।

प्रतिक्रिया दिनुहोस्