साउदीले नियुक्त गर्यो पहिलो महिला राजदूत


काठमाडौं, (नेस)। साउदी अरेबियाले इतिहासमै पहिलोपटक महिलालाई राजदूत नियुक्त गरेको छ । सो मुलुकले राजकुमारी रीमा बिन्त बन्दारलाई अमेरिकाका लागि नयाँ राजदूत नियुक्त गरेको हो ।

उनी साउदीका तर्फबाट अमेरिकाका पूर्व राजदूतपुत्री हुन् । आफ्नो बाल्यकाल वासिङट्नमा विताएकी शाही खान्दानकी बन्दारले विद्यालय र कलेज तहको अध्ययन पनि अमेरिकाबाट लिएकी थिइन् ।

अमेरिकी अखवार ‘द वासिङटन पोस्ट’ का पत्रकार जमाल खसोग्जीको हत्यापछि साउदी–अमेरिका सम्बन्ध चिसिएका बेला सो मुलुकले रीमालाई नयाँ दूत नियुक्त गरेको हो ।

गत अक्टोबर २ मा टर्कीको इस्तानबुलस्थित साउदी बाणिज्य दूतावासबाट बेपत्ता भएका खसोग्जीको दूतावास परिसरभित्रै हत्या भएको थियो ।
त्यसयता साउदी–अमेरिका सम्बन्ध चिसिदै आएको छ । साउदी नागरिक खसोग्जी पछिल्लो समयमा अमेरिकामा रहेर पत्रकारिता क्षेत्रमा क्रियाशिल थिए भने उनी आफ्नो मुलुकको राजपरिवारको कडा आलोचना गर्दै आएका थिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।