किताब लेखेकोमा दोषी



इस्लामाबाद (एजेन्सी)
भारतिय गुप्तचर एजेन्सी रिसर्च एन्ड एनालाइसिस विंग (र) का पुर्व प्रमुखसँग मिलेर एक पुस्तक लेख्ने पाकिस्तानको जासुसी संस्था आईएसआईका पुर्व प्रमुख लेप्mिटनेन्ट जनरल असद दुर्रानीलाई सैन्य आचार संहिता उलंघनमा दोषी ठहर्याइएको छ ।

दुर्रानीले ‘र‘का पुर्व प्रमुख ए एस दुलातसँग विवादास्पद किताब ‘द स्पाई क्रोनिकल्स ः र, आईएसआई एन्ड द इल्युजन अफ पिस‘ लेखेका थिए । उक्त किताब गत बर्ष भारतमा प्रकासित भएको थियो । सन् १९९० अगस्ट देखि १९९२ मार्च सम्म आईएसआईका प्रमुख दुर्रानी विरुद्ध अदालती छानबिन सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्