नेकपाका सांसद ओलीको निधन


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश–५ का सांसद उत्तरकुमार ओलीको निधन भएको छ ।

दाङबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसद ओली कार दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए । उनको शुक्रबार बिहान करीव ३ बजे काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारकै क्रममा निधन भएको परिवारजनले जानकारी दिएका छन् ।

प्रदेश सांसद ओली सवार जीप र बस घोराही–लमही सडकमा एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।