नेकपा सचिवालय बैठक बस्दै


काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालय बैठक केहीबेरमा बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पार्टीको एकता कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुनेछ ।

गृहमन्त्री रामबहादुर थापा बादल संयोजकत्वको ९ सदस्यीय कार्यदलले बुझाएको अपुरो प्रतिवेदनमाथिको छलफलपछि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्डले एकताको खाका प्रस्तुत गर्नुहुने भएको छ । कार्यदलले एकतामा सहमति जुटाउन नसकेपछि अध्यक्षद्वय नै लाग्नु भएको छ ।

आजको बैठकबाट नेकपाभित्र रहेका तल्ला कमिटीको एकताका बिषयमा टुंगो लाग्ने महासचिव बिष्णु पौडेलले जानकारी दिनुभएको छ । तत्कालिन एमाले र माओवादी केन्द्र एकता भएको ९ महिना बितिसक्दापनि एकताको टुंगो लागेको छैन । केन्द्रीय सदस्यहरु जिम्मेवार विहीन भएका छन् भने जिल्लाका नेता कार्यकर्ता अलमलमा परेका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।