फेरि चल्न थाले पोर्न साइट !


काठमाडौं ।
सरकारले पूर्ण रुपमा प्रतिवन्ध लगाएको पोर्न साईटहरु निर्वाध रुपमा सञ्चालनमा आएको पाइएको छ । निर्मला हत्याकाण्डपछि समाजिक सञ्जालमा ब्यापक बलात्कारका घटनाहरु सार्वजनिक हुन थालेपछि सरकारले पोर्न साइटहरु पुर्ण रुपमा प्रतिवन्ध लगाएको थियो ।

तर, अहिले पोर्नसाईटहरु खुलेआम कुनै पनि अवरोध विना नै खुल्न थालेको पाइएको छ । सरकारले केहि महिनाअघि बलात्कार, हत्या हिंसाका घटनाहरु पोर्नजन्य साईटहरुको दुरुपयोगका कारण उत्पन्न भएको भन्दै पूर्ण रुपमा प्रतिवन्ध लगाएको थियो ।

सरकारले पोर्न साईटहरु बन्द गरेतापनि भिपिएन नामक सफ्ट्वेर सुचारु गरी सजिलै हेर्न सकिने पनि प्रयोगकर्ताहरुले बताउँदै आएका थिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।