अज्ञात रोगले धमधाम भैंसी मर्न थाले


विनोद सिंह विष्ट, बैतडी
अज्ञात रोगका धमधाम भैंसी मर्न थालेपछि बैतडीको सुर्नया गाउँपालिका वडा नं ८ का किसानहरु चिन्तित बनेका छन् । गएको एक हप्ता यता किसानहरुले पालेका भंसी मर्न थालेका हुन् ।

रातो गहुँत आउने,भैसीको खुट्टाहरु सुन्निने, र्याल चुहाउने,खाना नखाने जस्ता लक्षण देखिएको किसान पठानसिंह बोहराले बताउनुभयो । गाउँमा अहिले सम्म दुई भैंसी मरेका छन् भने १० भन्दा बढी भैसी बिरामी परेका छन् ।

किसानहरुले पालेका भैसी रोगका कारण मर्न थालेका वडा नम्बर ८ का वडा अध्यक्ष आनन्दसिंह बोहराले जानकारी दिनुभयो । वडाको ढोले, सेला टोलमा भैसीहरुमा रोग बढी देखिएको छ ।

वडामा पशु प्राविधिक नहुँदा रोगको बारेमा पहिचान हुन सकेको छैन् उहाँले भन्नुभयो“स्थानीय तहका वडाहरुमा प्राविधिक कर्मचारीहरु समेत नहुँदा किसानहरुले समस्या झेल्दै आएका छन् ”
गाउँपालिका भरी एकजना पशुप्राविधिक मात्रै रहेका र उहाँलाई खबर गरिसकेको वडा अध्यक्ष बोहराको भनाई छ । गत साल पनि सो क्षेत्रमा यही रोगका कारण ८÷१० भैंसी मरेका वडा अध्यक्ष बोहराले जानकारी दिनुभयो ।

बैतडीको लेकाली क्षेत्रका किसानहरु भैंसीपालनबाट जिविकोपार्जन गरिरहे पनि विभिन्न रोगले भैंसीहरु मर्न थालेपछि किसानहरु समस्यामा परेका छन् ।
जिल्लामा पशुको उपचार गराउनका लागि सहज पहुँच नभएको किसानहरुको गुनासो रहेको छ ।

 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।