आज देशभर मौसममा बदली, पश्चिममा पानी पर्ने


काठमाडाैं । काठमाडाैं उपत्यकासहित देशका धेरैजसो ठाउँको मौसम बद्ली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलबार (आज) दिउँसो पनि देशभरको मौसम सामान्यदेखि आशिंक बद्लीकै अवस्था रहने महाशाखाका मौसमविद्ले बताएका छन् ।

दिउँसो एकछिन घाम लागेजस्तो भए पनि फेरि बद्ली भइहाल्ने मौसमविद् राजु प्रधानाङगले जानकारी दिए । मौसमविद प्रधानाङ्गका अनुसार मंगलबार बेलुका पश्चिमका केही भूभागमा हल्का पानी पर्ने सम्भावना पनि रहेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।