पेट्रोलियम पदार्थको मूल्य बढ्यो

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

शनिबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा २–२ रुपैयाँ वृद्धि भएको छ ।

अब पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलमा ९७ रुपैयाँ पुगेको छ । नेपाल आयल निगमले भारतीय आयल कर्पोरशेनले पठाएको नयाँ मूल्य सूचीअनुसार भाउ बढाएको हो ।