अवैध रुपमा विदेश लैजान खोजिएका सय बढि नेपाली महिला भारतको मणिपुरबाट उद्दार


नेपाल समाचारपत्र, काठमाडौं ।

अवैध रुपमा विभिन्न मुलुक लैजान खोजिएका १ सय भन्दा बढी नेपाली महिलाको भारतको उत्तरपूर्वी राज्य मणिपुरबाट उद्दार गरिएको छ ।

म्यानमारको बाटो भएर इराक र दुबई लैजान लागिएको अवस्थामा उनीहरुलाई इम्पल्स एनजीओ नेटवर्क नामक संस्थाको सहयोगमा मणिपुर पुलिसले म्यानमारको सीमा क्षेत्रबाट उद्दार गरेको हो । नेपाली महिलाहरुलाई अवैध रुपमा मणिपुरको बाटो भएर म्यानमार लैजान खोजेको सूचना भने माइती नेपालले दिएको थियो ।

त्यसआधारमा मणिपुर प्रहरीले शुक्रबार विहानबाटै सर्च अपरेशन चलाएको थियो । त्यसपक्रमा विभिन्न ठाउँबाट १०० बढी नेपालीलाई उद्दार गरिइएको माइती नेपालले पुष्टि गरेको छ ।

उनीहरुलाई छिट्टै नेपाल ल्याउने तयारी भैरहेको बताइएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।