सरकारी गाडी दुरुपयोग गरेको भन्दै नेविसंघद्धारा महानगरको गाडीमा आगजनी


नेपाल समाचारपत्र, पोखरा । नेपाल विद्यार्थी संघले पोखरा महानगरपालिकाको गाडीमा आगजनी गरेको छ । शनिबार विहान महानगरको बा १ झ ५८७९ नम्बरको गाडीमा पोखरा ७ मासबारमास्थित घरेलु कार्यालय नजिक आगजनी गरेको प्रहरीले जानकारी दिएको छ ।
नेवि संघले बिदाको दिन सरकारी गाडीको दुरुपयोग रोक्न देशैभरका सरकारी गाडी आफ्नो निजी जिवन र निजी स्वार्थको लागि चलाउन नपाइने भन्दै आन्दोलन गरेको थियो ।

बिदाको दिन सरकारी गाडी चलाएको भेटिएकाले जलाइएको नेवि संघ एक नेताले जानकारी दिए । गाडीमा रहेका मानिसहरुलाई भने झारिएको थियो । दमकलले आगो निभाएको भए पनि गाडी जलेर काम नलाग्ने अवस्थामा पुगेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।