भेनेजुयलाबारे सरकारले भन्योः बाह्य हस्तक्षेपविना समास्या समाधान हुनुपर्छ


नेपाल समाचारपत्र, काठमाडौं ।

सरकारले दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा भएको पछिल्ला राजनीतिक विकासक्रमको बाह्य हस्तक्षेपविना समाधान हुनुपर्ने बताएको छ । परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै पनि देशको आन्तरिक राजनीतिक समस्या त्यही देशको संवैधानिक प्रावधान अनुसार प्रजातान्त्रिक माध्यम र बाह्य हस्तक्षेप विना समाधान हुनुपर्ने बताएको हो ।

परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “भेनेजुएलामा भएको पछिल्लो राजनीतिक विकासलाई नेपाल सरकारकाले नजिकबाट नियाली रहेको छ । देशको आन्तरिक राजनीतिक समस्या बाह्य हस्तक्षेपबाट स्वतन्त्र रही संवैधानिक परिधिभित्र बसेर प्रजातान्त्रिक मान्यताका आधारमा समाधान गरिनु पर्छ भन्ने नेपालको विश्वास छ ।”

केही दिनअघि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेनेजुयलामाथि अमेरिकाले हस्तक्षेप गरेको भन्दै विरोध जनाएका थिए । त्यसपछि अमेरिकाले भेनेजुयलाको विषयमा नेपाल सरकारको आधिकारिक धारणा माग गरेको थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।