संसद बैठकशुरु हुनासाथ कांग्रेसले हंगामा मच्चायो


गंगा बराल
काठमाडौ । प्रतिनिधिसभाको शुक्रबारको बैठक पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेको छ । १ घण्टा ढिलो गरी बैठक सुरु हुनेबित्तिकै कांग्रेस सांसदहरु उठेका थिए ।
सभामुख कृष्णबहादुर महराले कांग्रेस सचेतक पुष्पा भुसालले पुरानै मुद्धा उठाउनुभयो । सरकारले तनहुँमा स्थापना गरिएको गिरीजाप्रसाद कोइराला स्वासप्रश्वास उपचार केन्द्र र बाँकेमा स्थापना गरिएको सुशील कोइराला क्यान्सर अस्पताल निर्माण प्रक्रिया रोकिएको भन्दै आपत्ति जनाउनुभयो ।
भुसालले गिरीजाप्रसाद कोइराला र सुशील कोइरालाको इतिहास मेटाउनुपर्ने कुनै कारण नभएको भन्दै भुसालले आपत्ति जनाउनुभयो । कांग्रेसले यही विषयलाई लिएर संसद् अवरोध भएको यो तेस्रो दिन हो ।
बैठकमा ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ लाई पारित गर्ने एकमात्र कार्यक्रम रहेको थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।